Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुराँस लाइफ इन्स्योरेन्स १४औं वर्षमा

गुराँस लाइफ इन्स्योरेन्स १४औं वर्षमा


काठमाडौं ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १३औं वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय सुरु गरेको थियो ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले कम बीमाशुल्कमा अधिकतम प्रतिफल दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ । साथै आम जनताहरूमा बीमाको पहुँच पु¥याउन निरन्तर लागि पर्ने र आगामी दिनमा अझै सरल, छरितो, प्रविधिमैत्री बीमा सेवामार्फत अघि बढ्ने प्रतिबद्धता समेत जनाएको छ ।

कम्पनीले सञ्चालन अवधिको १४ वर्षको अवधिमा १० अर्बभन्दा बढीको जीवन बीमा कोष बनाउन सफल भइसकेको छ । एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले १३ वर्ष पूरा गर्दा सुनौलो भविष्यको रेखा कोर्न सफल भइसकेको छ । कम्पनीले १३ वर्ष पूरा गरी १४औं वर्ष प्रवेश गरेको अवसरमा ‘बीमा पनि बचत पनि, कम बीममा शुल्कमा उचित प्रतिफल पनि’ भन्ने नारालाई अघि सारेको जानकारी दिएको छ ।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० करोड ४२ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा आठ करोड ३७ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी सात रुपैयाँ चार पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २९ रुपैयाँ ३१ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया