Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक २७ सय ७१ अंंकमा ओर्लियो

सेयर बजार परिसुचक २७ सय ७१ अंंकमा ओर्लियो


काठमाडौं ।
सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ४५ अंकले ओर्लिएको सेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि ११ दसमलव ६८ अंकले ओरालो लागेर २७ सय ७१ दसमलव १५ अंकमा झरेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव ६८ अंकले ओरालो लागेर चार सय ९६ दसमलव ८६ अंकमा झरेको छ ।

आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १६ वटा कम्पनीह्रुको सेयर कारोवार भएका छन् । जसबाट ९८ हजार छ सय सात पटकको कारोवारामा एक करोड ९७ लाख ८३ हजार तीन सय ५४ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणामा सेयर खरिद बिक्री हुंदा आज कुल कारोवार रकम आठ अर्ब ५९ करोड ८१ लाख ६० हजार एक सय १७ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहरुको सुचक उकालो लागेका छन् भने बाँकी उपसमुहको सुचक ओरालो लागेका छन् । जसमध्ये बाँँणिज्य बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, फाईनान्स र अन्य उपसमुहको सुचक भने बढेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया