Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको मोबाइल बैकिङ एपमा अब रेमिट्यान्स सेवा

सानिमा बैंकको मोबाइल बैकिङ एपमा अब रेमिट्यान्स सेवा


काठमाडौं  ।
सानिमा बैंक लिमिटेडले आफ्नो ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै मोबाइल बैंकिङ एप सानिमा सजिलो ई–बैकिङबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । यसअन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ ।

यो सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहकहरूले आन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ एपबाट पठाउन सक्नुहुनेछ । रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ एपमा रहेको ‘सेन्ड रेमिट्यान्स’ मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुवै सुविधामध्ये एक रोज्न सक्नेछन् । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ । यसका साथै मोबाइल बैकिङ एपमा रहेको ‘रिसिभ रेमिट्यान्स’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैंक खातामा संकलन वा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरूमार्फत रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् । सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा सजिलो ई–बैकिङको वेब भर्सनमा पनि उपलब्ध छ । बैंकको हाल सातै प्रदेशमा ८६ वटा शाखा, १७ विस्तारित काउन्टरर ९६ वटा एटीएम सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया