Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र जेठ २५ गतेबाट

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र जेठ २५ गतेबाट


काठमाडौं  ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यही जेठ २५ गते मंगलबारदेखि आठ दशमलव पाँच प्रतिशत आरबीबीएल डिबेञ्चर २०८३ नामको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले छ वर्ष अवधि भएको वार्षिक आठ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल दुुई अर्ब ५० करोड रुपैयाँ (२५ लाख कित्ता) मूल्यबराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ ।

आठ दशमलव पाँच प्रतिशत आरबिबिएल डिबेञ्चर २०८३ नामको प्रतिकित्ता एक हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरूलाई बिक्री गरिने र सो का लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ‘एनआईबीएल एस क्यापिटल लिमिटेड’ र निष्काशनकर्ता कम्पनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आपसी सहमतिमा बिक्रीवितरण गरिनेछ । साथै सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिनेछ ।

छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा रहने यस ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम दुई लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरू, सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयहरूमार्फत आवेदन दिन सकिनेछ ।

साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ । बैंकको यस ऋणपत्रलाई केयर रेटिङ नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रूपमा रहेको संकेत नम्बर प्रदान गरेको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया