Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअपी पावर लिमिटेडको ५६ करोड रुपैयाँको हकप्रदको बिक्री खुला

अपी पावर लिमिटेडको ५६ करोड रुपैयाँको हकप्रदको बिक्री खुला


काठमाडौं ।
अपी पावर लिमिटेडको ५६ करोड ७० लाख रुपैयाँबराबरको हकप्रद सेयरको बिक्री खुला भएको छ । कम्पनीले यही जेठ २० गते अर्थात् आज बिहीबारबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर जारी गर्नलागेको हो ।

हाल अधिकृत पुँजी पाँच अर्ब तथा जारी पुँजी चार अर्ब रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब ९२ करोड ९७ लाख ५६ हजार एक सय ५० रुपैयाँ रहेको छ । हकप्रद सेयरपश्चात् भने कम्पनीको चुक्ता पुँजी दुुई अर्ब ४९ करोड ६७ लाख ५६ हजार एक सय ५० रुपैयाँ पुुग्नेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रद सेयरको बिक्री कार्य आगामी असार नौ गते समाप्त हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया