Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेरो माइक्रोफाइनान्सले कमायो २९ करोड ६५ लाख

मेरो माइक्रोफाइनान्सले कमायो २९ करोड ६५ लाख


काठमाडौं ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २९ करोड ६५ लाख नौ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा नौ करोड ५८ लाख २९ हजार रुपैयााँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब ३९ करोड ९० लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ९९ करोड पाँच लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५७ करोड १४ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १० करोड ८६ लाख १८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ७० प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ५८ करोड तीन लाख सात हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६० करोड ३० लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३१ करोड ४१ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ६६ लाख ३६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्र्जाको अनुपात एक दशमलव ९० प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया