Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक २८ सय ५६ अंकमा

सेयर बजार परिसुचक २८ सय ५६ अंकमा


काठमाडौं ।
सेयर बजार परिसुचक उकालो लागेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार बजार परिसुचक २९ दसमलव ५५ अंकले उकालो लागेर २८ सय ५६ दसमलव ६७ अंकमा चढेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव ९६ अंकले उकालो लागेर पाँच सय १३ दसमलव ११ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १८ वटा कम्पनीह्रुको कारोवार भएका छन् । जसबाट एक लाख ५५ हजार छ सय ५५ पटकको कारोवारमा तीन करोड ४६ लाख ८१ हजार तीन सय १२ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोवार रकम १६ अर्ब ९० करोड ७० लाख २० हजार दुुई सय ८६ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कारोवार भएका कुुल उपसमुहहरु मध्ये नौ वटा समुहको सुचक उकालो लागेका छन् भने चार वटा उपसमुहको सुचक ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स उपसमुहको सुचक पनि ६२ दसमलव ८५ अंकले उकालो लागेर १९ सय ४२ दसमलव ५१ अंकमा चढेकोमा जीवन बीमा उपसमुहको सुचक पनि पाँच दसमलव १२ अंकले उकालो लागेर १८ हजार चार सय छ दसमलव ६३ अंकमा चढेको छ ।

यि बाहेक होटल तथा पर्यटन, उत्पादनमुलक, लघुबित्त, सामुहिक लगानी कोष र लगानी उपसमुहहरुको सुचक पनि क्रमश एक सय १७ दसमलव ११, ७१ दसमलव २४, ४० दसमलव ४५, शुन्य दसमलव १९ र शुन्य दसमलव शुन्य सात अंकले उकालो लागेका छन् ।

जलबिद्युत उपसमुहको सुचक भने यसदिन ६० दसमलव तीन अंकले ओरालो लागेर २८ सय ८० दसमलव ९७ अंकमा झरेकोमा निर्जिवन बीमा उपसमुहको सुचक पनि एक सय १३ दसमलव तीन अंकले ओरालो लागेर १४ हजार सात सय दुई दसमलव ४७ अंकमा झरेको छ । यि बाहेक ट्रेडिङ र अन्य समुहको सुचक पनि क्रमश नौ दसमलव ६८ र १५ दसमलव ९१ अंकले ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया