Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्पर्श लघुवित्तको नाफा बढ्यो

स्पर्श लघुवित्तको नाफा बढ्यो


काठमाडौं ।
स्पर्श लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड ५१ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा एक करोड ७९ लाख ६७ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ११ करोेड २० लाख २९ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ३० करोड ३१ लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २५ करोड ३१ लाख २८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ६९ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ५९ लाख ४७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ९० प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले २३ करोड तीन लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब दुई करोड ३० लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ६९ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७९ लाख ६४ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ३३ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया