Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकद्वारा स्पुन रेमिट, बेलायतसँग साझेदारी

एभरेष्ट बैंकद्वारा स्पुन रेमिट, बेलायतसँग साझेदारी


काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडले बेलायतमा रहेको अनलाइन मनी ट्रान्सफर सेवा, स्पुन रेमिटसँग बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । सो सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक आशुतोष शर्मा र स्पुन रेमिटका प्रबन्ध निर्देशक वहिदोल्लह साफीले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन् ।

स्पुन रेमिट, अनलाइन प्रोडक्ट र ट्रेडिङको लागि दर्ता गरिएको एमए फास्टमोव लिमिटेडअन्तर्गतको नाम हो, जुन वेबका साथै मोबाइल एप्लिकेसनको दुवै एन्ड्रोइड र आईओएसमा उपलब्ध रहेको छ । अब बेलायतमा रहेका रेमिटरहरूले आफूलाई स्पुन रेमिटमा दर्ता गरी एभरेष्ट रेमिटबाट सजिलै नेपालमा पैसा पठाउन सक्नेछन् ।

साझेदारीले बैंकको सेवाहरू बेलायतमा पनि विस्तार गर्नुका साथै बैंकका रेमिट्यान्सका ग्राहकहरूलाई थप सुविधा प्रदान गर्नमा मदत गर्नेछ । स्पुन रेमिटबाट प्राप्त गरिएको रेमिट्यान्स, नेपालको कुनै पनि बैंकबाट बैंक डिपोजिटमार्फत वास्तविक समयमा कुनै पनि बेला भुक्तानी गर्न र नेपालभरि फैलिएको नौ हजारभन्दा बढी पेआउट एजेन्टहरू र बैंकको एक सय तीनवटामध्ये कुनै पनि शाखाबाट नगद भुक्तानी लिन सकिनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया