Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनाइटेड फाइनान्सद्वारा विशेष साधारणसभाको आह्वान

युनाइटेड फाइनान्सद्वारा विशेष साधारणसभाको आह्वान


काठमाडौं ।
युनाइटेड फाइनान्सले कम्पनीले विशेष साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असार पाँच गते आफ्नो केन्द्रीय कार्यालयमा विशेष साधारणसभाको आह्वान गरेको हो ।

सभाले नबिल बैंकसँग प्राप्तिमा जाने विशेष प्रस्ताव पारित गर्नेछ । प्राप्तिसम्बन्धी प्रक्रियाको लागि युुनाइटेडको एक कित्ता सेयरबराबर नबिल बैंकको शून्य दशमलव ३५ कित्ता अर्थात् १ः०.३५ को सेयर अनुुपात कायम गर्ने प्रस्ताव पारित हुुनेछ । विशेष साधारणसभासम्बन्धी प्रयोजनको लागि फाइनान्सको यही जेठ २८ गते एक दिनको लागि सेयर दाखिला तथा खारेजी बन्द हुुनेछ । फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा आठ करोड १६ लाख ५९ हजार पाँच सय ७० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा सात करोड १६ लाख ९२ हजार पाँच सय २७ रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी एक अर्ब चार करोड आठ लाख ३४ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा आठ अर्ब ३७ करोड ४४ लाख ६९ हजार आठ सय ८० रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६३ करोड ५९ लाख ५२ हजार चार सय ९७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड ४६ लाख ४२ हजार सात सय ६३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव एक प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ९५ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने चार करोड ७३ लाख ५४ हजार नौ सय २० रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब ९० करोड ७८ लाख ८५ हजार छ सय ७५ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७९ करोड ३३ लाख १३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २६ करोड ६२ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव २६ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया