Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र बैंकद्वारा नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति

राष्ट्र बैंकद्वारा नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ । राष्ट्र बैंकले नारायणीलाई यही जेठ २० गते उक्त बैंकको हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट एकबराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति दिएको हो ।

यसअघि उक्त बैंकको १९औं वार्षिक साधारणसभाले बैंकको हाल कायम रहेको चुक्ता पुँजी १३ करोड १२ लाख ३३ हजार आठ सय रुपैयाँमध्येबाट एकबराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नको लागि राष्ट्र बैंकसँग अनुमति माग गरेको थियो । तर राष्ट्र बैंकले भने यही जेठ २० गते बैंकले अनुमति माग गरेको भन्दा अर्थात् एकबराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति दिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ५२ लाख ३४ हजार तीन सय ८२ रुपैंयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने बैंकले १० लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी १३ करोड १२ लाख ४५ हजार चार सय रुपैयाँ रहेको बैंकले चालू आवको पछिल्लो अवधिमा नौ करोड ४४ लाख ३७ हजार चार सय ५२ रुपैयाँ निक्षेप संकलन गरी दुुई करोड ६७ लाख ८१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा खुुद ब्याज आम्दानी ७८ लाख ५७ हजार तीन रुपैयाँले ऋणात्मक रहेको बैंकमा २५ दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा छ दशमलव ९४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा पनि २१ करोड २७ लाख ५८ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

बैंकले गत आवको सोही अवधिमा भने दुई करोड ५८ लाख ४८ हजार सात सय ५२ रुपैयाँ निक्षेप संकलन गरी २९ लाख ९३ हजार छ सय ७१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैैंकमा शतप्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर १७ दशमलव ६४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया