Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक २८ सय ५६ बिन्दुमा

बजार परिसूचक २८ सय ५६ बिन्दुमा

सातामा ६७ अर्ब ७९ करोड रुपैयाँको सेयर खरिदबिक्री


काठमाडौं ।
यस साता सेयर बजार परिसूचक २८ सय ५६ दशमलव ६७ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय १३ दशमलव ११ बिन्दुमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय १९ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार छ लाख ९० हजार सात सय ३० पटकको कारोबारमा १५ करोड छ लाख १२ हजार सात सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम ६७ अर्ब ७९ करोड ४५ लाख ४१ हजार दुुई सय ९५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै १७ अर्ब रुपैयाँले बढी हो ।

गत साता भने धितोपत्र बजारमा दुई सय २० वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार पाँच लाख २२ हजार दुई सय ६४ पटकको कारोबारमा ११ करोड ७५ लाख ८३ हजार पाँच सय ३१ कित्ता सेयर खरिद बिक्री हुुँदा कुल कारोबार रकम ५० अर्ब ७७ करोड २५ लाख ९४ हजार पाँच सय १६ रुपैयाँ पुगेको थियो ।

यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, चौथो र पाँचौं दिन बजार परिसूचक परिसूचक उकालो लागेको थियो भने दोस्रो र तेस्रो दिन बजार परिसूचक ओरालो लागेको थियो ।

सोमध्ये पहिलो दिन बजार परिसूचक १२ दशमलव ५४ अंकले उकालो लागेर २८ सय २७ दशमलव ९३ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ३५ बिन्दुले उकालो लागेर पाँच सय सात दशमलव पाँच बिन्दुमा चढेको थियो । दोस्रो दिन भने बजार परिसूचक ४५ दशमलव २५ अंकले ओरालो लागेर २७ सय ८२ दशमलव ६८ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ५८ बिन्दुले ओरालो लागेर पाँच सय दशमलव ४७ बिन्दुमा झरेको थियो । तेस्रो दिन पनि बजार परिसूचक ११ दशमलव ६८ अंकले ओरालो लागेर दुई हजार सात सय ७१ दशमलव १५ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६९ अंंकले ओरालो लागेर चार सय ९६ दशमलव ८६ बिन्दुमा झरेको थियो ।

चौथो कारोबार दिन भने बजार परिसूचक ५५ दशमलव ७६ अंकले उकालो लागेर दुई हजार आठ सय २७ दशमलव १२ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८३ अंकले उकालो लागेर पाँच सय पाँच दशमलव १५ बिन्दुमा चढेको थियो । यसैगरी अन्तिम कारोबार दिन पनि बजार परिसूचक २९ दशमलव ५५ अंकले उकालो लागेर दुई हजार आठ सय ५६ दशमलव ६७ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ९६ अंकले उकालो लागेर पाँच सय १३ दशमलव ११ बिन्दुमा चढेको थियो ।

यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल पुनर्बीमा कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् भने सेयर कारोबार भएका संख्याको आधारमा नेशनल हाइड्रोपावर कम्पनी हिमाल दोलखा हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् । बजार पुँजीकरणका आधारमा भने यस साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया