Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसूचक १३ सय १० अंकमा

सेयर बजार परिसूचक १३ सय १० अंकमा


काठमाडौं, माघ ३
साताको अन्तिम कारोबार दिन बिहिबार पनि बजार परिसूचक उकालो लागेको छ । यसदिन बजार परिसूचक २६ अंकले उकालो लागेर १३ सय १० दशमलव २३ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन तीन दशमलव नौ अंकले उकालो लागेर दुुई सय ८२ दशमलव ८७ अंकमा चढेको छ । यसदिन कुुल एक सय ८१ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार १७ हजार दुुई सय ९५ वटा कारोबारमा ५० लाख २५ हजार पाँच सय ६३ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब ६९ करोड ९९ लाख ९५ हजार एक सय सात रूपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये अन्य समूहको सूचक एक दशमलव सात अंकले ओरालो लागेर छ सय ८४ दशमलव ९० अंकमा झरेको छ भने बाँकी समूहको सूचक उच्च उकालो लाागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक १९ दशमलव ३८ अंकले उकालो लागेर ११ सय ६३ दशमलव ३० अंकमा चढेकोमा विकास बैंक समूहको सूचक ४१ दशमलव ८४ अंकले उकालो लागेर १७ सय ८१ दशमलव २६ अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि सात दशमलव ९७ अंकले उकालो लागेर एक हजार ३५ दशमलव ३२ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि ७६ दशमलव १८ अंकले उकालो लागेर दुुई हजार ६९ दशमलव ३८ अंकमा चढेकोे छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि एक सय २५ दशमलव ७१ अंकले उकालो लागेर पाँच हजार दुई सय २८ दशमलव छ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि दुुई सय ४२ दशमलव ५८ अंकले उकालो लागेर छ हजार सात सय दशमलव ७६ अंकमा चढेकोे छ । यीबाहेक टे«डिङ, होटल, फाइनान्स, उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः २८ दशमलव ५९, ७४ दशमलव ५५, २६ दशमलव ५५, ९७ दशमलव ३१ र शून्य दशमलव ३२ अंकले उकालो लागेका छन् ।

यसदिन बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको एनआईबीएल प्रगति फण्डको प्रतियुनिट सेयर मूल्य १० रूपैयाँ छ पैसाले बढेर सात रूपैयाँ ९९ पैसामा किनबेच भएको छ । दोस्रो स्थानमा परेको मल्टिपर्पोस फाइनान्सको सेयर मूल्य १० रूपैयाँले बढेर एक सय २१ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक आईसीएफसी फाइनान्स, शिवम् सिमेन्ट आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको महिला सहयात्रा लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य दुुई रूपैयाँ ६६८ पैसाले घटेर सात सय ६० रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुण कावेली पावर लिमिटेडको सेयर मूल्य दुई रूपैयाँ १५ पैसाले घटेर एक सय ३६ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक नेशनल हाइड्रोपावर कम्पनी, रिलायन्स फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन हिमालयन डिष्ट्रिलरीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता १२ सय ६८ रूपैयाँ अन्तिम मूल्यमा १४ करोड ३८ लाख ९९ हजार छ सय ३६ रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको शिवम् सिमेन्टको प्रतिकित्ता पाँच सय २४ रूपैयाँ अन्तिम मूल्यमा १३ करोड ५९ लाख ६० हजार दुुई सय रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, प्रभुु बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया