Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसुचक २९ सय छ अंकमा

सेयर बजार परिसुचक २९ सय छ अंकमा


काठमाडौं ।
सेयर बजार परिसुचक २९ सय अंकबाट पनि उकालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार बजार परिसुचक ५० दसमलव १३ अंकले उकालो लागेर २९ सय छ दसमलव ८९ अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव ८८ अंकले उकालो लागेर पाँच सय २० दसमलव ९९ अंकमा पुुगेको छ । आज कुुल १३ वटा उपसमुह अन्तर्गतका दुुई सय १८ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । आज एक लाख ७१ हजार ६० पटकको कारोवारमा तीन करोड ७४ लाख ५५ हजार एक सय ८९ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुुल कारोवार रकम १७ अर्ब २७ करोड १७ लाख ८७ हजार पाँच सय २५ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरु मध्ये सात वटा उपसमुहको सुचक उकालो लागेका छन् भने छ वटा उपसमुहको सुुचक ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, लघुुबित्त, अन्य, सामुुहिक लगानी कोष र लगानी उपसमुहहरुको सुचक उकालो लागेका छन् भने जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन र उत्पादनमुलक समुहहरुको सुचक पनि ओरालो लागेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया