Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमानवको लागि वातावरण चुनौतीपूर्ण

मानवको लागि वातावरण चुनौतीपूर्ण


काठमाडौं ।
गत जेठ २२ गते नेपाललगायत संसारभरि विश्व वातावरण दिवस मनाइयो । मूलतः यो सन् १९७४ देखि विश्वमा वातावरण दिवस मनाउन थालिएको थियो । यसैक्रममा हाम्रो देश नेपालले भने सन् १९८० को दशकदेखि विश्व वातावरण दिवस मनाउन लागिएको हो । यो दिवस प्रत्येक जुन ५ तारिखका दिन मनाइन्छ । यो साल तथा गतसाल भने कोभिड–१९ का कारणले गर्दा तामझामका साथ मनाउन पाइएन ।

अतः वातावरण संसारमै एक चुनौतीपूर्ण समस्याको रूपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको समाधानको लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरूले युद्धस्तरमा रणनीतिहरू तय गर्नुपरेको वातावरण गम्भीररूपमा बिग्रनु मानवीय व्यवहार हो भन्न सकिन्छ । यसर्थ मानवकै अज्ञानको कारणबाट नै वन विनाश, भू–क्षय आदि हुनेगरेको छ ।

सर्वप्रथम वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने पनि मानिस नै हो । पर्यावरण बढ्दै गइरहेको जनसंख्या वृद्धि, सवारीसाधनको चाप र औद्योेगिक क्षेत्रबाट निस्कने घातक ग्यासले गर्दा वायु तथा पानी समेत प्रदूषित बन्दै गएको छ । यसरी विकासशील मुलुकहरूमा कहालीलाग्दो जनसंख्या वृद्धिले गर्दा वन–साधनमा ठूलो चाप पर्नगई भू–क्षय हुने, पहिरो जाने, बाढीको प्रकोप बढ्ने, अतिवृष्टि तथा अनावृष्टि हुने समस्या देखापरी पर्यावरणीय सन्तुलनलाई प्रतिकूल बनाएको छ ।

यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनु प्रत्येक व्यक्तिको वातावरण विश्वमै एक चुनौतीपूर्ण समस्याको रूपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरूले युद्धस्तरमा रणनीतिहरू तय गर्नुपरेको छ । यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनु प्रत्येक व्यक्तिको लागि चिन्ताको विषय बनेको छ ।

वर्तमान अवस्थामा विश्वको जनसंख्या आठ अर्बको हाराहारीमा पुगेको छ र वर्षेनी आठ करोड मानिस थपिनेगरेका छन् । अहिलेकोे विश्व अर्थतन्त्र चलाउन एवं मानवीय आवश्यकता पूरा गर्न प्राकृतिक स्रोतमा दबाब परेको छ । यस्तो दबाबलाई वातावरणीय पदचाप भन्ने गरिन्छ । हालको अवस्थामा एकातिर हेर्ने हो भने पृथ्वीका ३ दशमलव २ अर्ब अर्थात् ४० प्रतिशत जनतालाई पिउने पानीको अभाव छ । फलतः पानी संकट थप बढेर जाने देखिएको छ । त्यसरी नै अर्कोतिर हेर्ने हो भने विश्वका ९२ प्रतिशत जनताले सास फेर्न स्वच्छ हावा पाउन सकेका छैनन् । वायु प्रदूषण कम गर्न जीवाश्म इन्धनको खपतलाई कम गर्ने वैकल्पिक व्यवस्था गर्न सकिएको छैन । फलतः पृथ्वीको फोक्सोका रूपमा रहेको वन क्षेत्र वर्षेनी १० मिलियन हेक्टरका दरले विनाश भइरहेको छ ।

अहिले वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा शून्य दशमलव ४ प्रतिशत पुगेको छ र विश्वव्यापी उष्णताका कारण विश्वले जलवायु परिवर्तनको गम्भीर समस्या भोगिरहेको छ । त्यसरी नै विश्वमा जनसंख्याको चाप गणितीय रूपमा बृद्धि भएको छ तर जमिन भने एक इन्च पनि बढ्नेवाला छैन् । तर जमिन भने दिनहुं घट्दो रूपमा रहेको छ । यसले गर्दा प्राकृतिक सम्पदा र वातावरणमाथि आक्रमण र असन्तुलन बढिरहेको छ । यी कारणले गर्दा ठूला–ठूला महामारी र डरलाग्दा रोगहरूको उत्पति भइराखेको वर्तमान परिवेशमा फोहोरमैलाको उचित र वैज्ञानिक रूपले विसर्जन गर्नुपर्ने टड्कारो स्थिति विद्यमान भएको छ ।

मानव समाजले विज्ञानको चरम सिमामा पुगेर उल्लेखनीय उपलब्धिहरू हाँसिल गरेको छ । सञ्चारको विकासले गर्दा आजभोलि मानिसहरू विश्वलाई ग्लोबल भिलेज पनि भन्ने गर्दछन् । मानवले जति–जति उन्नति ग-यो उति–उति समस्या र संकटहरू आइलागेका छन् । एकातिर सफलताहरू उल्लेखनीय उपलब्धिहरू हाँसिल गरेको छ भने अर्कोतर्फ सम्पूर्ण जीव चराचरको साझा घर पृथ्वीमा जीवको लागि ठूलो संकट आइलागेको छ ।

मानिसले अन्धो भएर एकपक्षीयरूपमा गरेको चरम भौतिक विकासले साझा धर्तीको पर्यापरणीय सन्तुलन क्षतविक्षत भएको छ । मानवजातिको हितको लागि गरिएको विज्ञान प्रविधिको विकासको कारणले गर्दा पृथ्वीको माटो, हावा, आकाश, पानी, प्रकाश आदि तत्वहरू प्रदूषित भएका छन् ।

पृथ्वीको सिर्जना साँढे चार अर्ब वर्षअघि भए पनि करिब डेढ अर्ब वर्षसम्म यसमा कुनै पनि जीवजन्तुको उत्पत्ति हुनसकेन । केही समयपछि मात्र एक कोषीय जीवको अस्तित्वका साथै बीस लाख वर्षअघि मानिसको उत्पत्ति भएको मानिन्छ । यिनको उत्पत्ति, विकास र अन्त्य पनि यही प्रकृतिमै हुन्छ । त्यसैले एकअर्काको अस्तित्व र सम्बन्ध अन्योन्याश्रित रहेको छ ।

प्रकृतिका सन्ततिहरूमध्ये मानिस सर्वश्रेष्ठ मानिएको हो । र यसको सम्बन्ध प्रकृतिसँग अरुको भन्दा गहिरो र व्यापक सम्बन्ध छ । आजको एक्काइसौं शताब्दीको खुड्किलोमा जनसंख्या वृद्धि धेरै जटिल समस्याहरू बन्न गएको छ । यसको असर सोझै प्रकृतिमा पर्नगई वातावरणीय असन्तुलनको स्वरूपको रूपमा आज यसले मानव जातिलाई नै ठाडै चुनौती दिइरहेको छ ।

यसर्थ नेपाल विश्वव्यापी जलवायु परिवर्तनका हिसाबले चौथो प्रभावित मुलुक हो । यसरी देशको औसत तापक्रम प्रतिवर्ष शून्य दशमलव ०५६ डिग्री सेल्सियसका दरले बढेको छ र हिमाली क्षेत्रमा यो दर अझ बढी देखिएको छ  । योसँगै हिमालय क्षेत्रमा हिउँ पग्लने दरमा वृद्धि भएको छ । पहिले वर्षेनी हिउँले ढाक्ने उच्चपहाडी क्षेत्रमा अहिले हिउँ पर्न छाडेको छ । वर्षा, हिमपातमा अनियमितता बढेसँगै त्यसको असर पानी चक्रमा परेको छ । मुलुकभर पानीका मूल सुक्दै गएका छन् भने तराई, भित्री मधेसमा भूमिगत पानीको सतह घट्दै गएको छ । वातावरणीय पक्षलाई विचार नगरी जथाभावी मोटरबाटो निर्माण गर्नाले पानीका स्रोत संरक्षणमा अझै समस्या थपिएको छ ।

समग्रमा भन्नुपर्दा हालको अवस्थालाई मध्यनजर गर्ने हो भने प्रमुख रूपमा रहेका वातावरणीय समस्याहरू वायुप्रदूषण, पानी र माटोको प्रदूषण, जलवायु परिवर्तन, वातावरणीय विनाश साथै मानवसिर्जित वातावरणीय समस्या हुन् । यसरी यहाँको हावा शुद्ध छैन, न पानी वा समग्र प्रकृति नै शुद्ध छैन् ।

विश्वव्यापी रूपमा फैलिएको महामारी कोरोनाको जोखिम घटेको छैन, बढेको बढेकै छ । हाम्रो छिमेकी देश भारतको पूर्व, पश्चिम र दक्षिणका खुला सिमानाका कारण नेपालीहरू यसको प्रभावमा परेकै छन् । यी समस्याहरूको समाधान मापदण्डसहित नियन्त्रण र नियमन गर्नु आवश्यक रहेको छ ।

हाम्रो देशमा पनि वातावरण विनाशको बढ्दो दर र त्यसको व्यवस्थापनको विश्वव्यापी चासोबाट अछुतो रहन सक्दैन । त्यसकारण, देशमा वातावरणीय समस्याहरू न्यूनीकरण गर्नको लागि वातवारणीय मापदण्डहरू लागू गर्न दबाब दिने र अनुगमन गर्ने एउटा आधिकारिक निकायको आवश्यकता बोध लामो समयअघिदेखि नै गरिँदै आएको थियो । यसको साथसाथै देशको कुल क्षेत्रफलको करिब ४४ दशमलव ७५ प्रतिशत भू–भाग वन जंगलले ढाकेको छ ।

कृषिलगायत पर्यटन, वातावरण, जैविक विविधता एवं भौगोलिक विकास संरचनाको मेरुदण्डको रूपमा रहेको वन क्षेत्रबाटै राष्ट्रवासीहरूका अधिकांश दैनिक आवश्यकताका काठ, इन्धन ७० प्रतिशत, पशुआहार ४० प्रतिशत, जडीबुटीलगायतका काष्ठ एवं गैरकाष्ठ वन पैदावारको आपूर्ति हुँदै आएको छ । वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावको दृष्टिकोणले नेपाल उच्च जोखिममा रहेको छ । संवेदनशील भू–धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक वनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावहरूबाट भारी मात्रामा धनजनको क्षति र वातावरणीय समस्या बेहोर्नुपरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया