Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंक तथा टेले उपचारबीच व्यावसायिक साझेदारी

कुमारी बैंक तथा टेले उपचारबीच व्यावसायिक साझेदारी


काठमाडौं ।
कुमारी बैंक लिमिटेड तथा टेले उपचार डटकमका बीचमा आफ्ना ग्राहकहरूलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सहकार्य गर्ने समझदारी भएको छ । सम्झौताअन्तर्गत कुमारी बैंकका ग्राहकवर्गहरूले टेलेउपचार डटकमको सेवा प्राप्त गरी कुमारी बैंकको डिजिटल उपकारण प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकको आधिकारिक एप कुमारी स्मार्ट वा कुमारीको कार्ड प्रयोग गरी भुक्तानी गर्दा बैंकमा खाता भएका ग्राहकहरूलाई टेलिउपचार डटकमबाट १० प्रतिशत छुट प्रदान गरिनेछ ।

टेलेउपचारमा सुरक्षितरूपमा आफूले रोजेका डक्टर वा चिकित्सकहरूसँग अनलाइन परामर्श लिन सकिन्छ । टेलेउपचारको वेबसाइट वा मोबाइल एपबाट डाक्टरहरूसँग समय लिई छिटोभन्दा छिटो स्वास्थ्य सेवा प्राप्त गर्न सकिन्छ । अहिलेको कोभिड महामारीको विषम परिस्थितिमा सम्पूर्ण ग्राहकवर्गहरूलाई सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित रहन अनुरोध गर्दै बैैंकका ग्राहकहरूले भौतिक उपस्थितिविना सहज र सुरक्षित स्वास्थ्य सेवा लिन यो सुविधाबाट सहयोग पुग्नेमा कुमारी बैंक लिमिटेड विश्वस्त रहेको छ ।

बैंकले हाल आफ्ना देशव्यापी एक सय ९४ शाखा सञ्जाल, एक सय ६५ एटीएम, २६ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया