Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुुच्छ्रे बैंकद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

माछापुुच्छ्रे बैंकद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाडौं ।
माछापुुच्छ्रे बैंकले कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिराहा जिल्लाको कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

आज आइतबार बैंकका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतोले उक्त स्वास्थ्य सामग्री कल्याणपुुर नगरपालिकाका कार्यबाहक मेयर रोहिणी कुमारी यादवलाई हस्तान्तरण गरेका हुन् । बैंकले नगरपालिकामा देखिएको कोरोना जोखिम न्यूूनीकरण तथा संक्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन सेन्टरका लागि आवश्यक स्वास्थ्य सामग्रीहरू जस्तै अक्सिजन कन्सन्ट्रेटर, थर्मल गन, स्यानिटाइजर डिस्पेन्सर, अक्सिमिटर, सर्जिकल मास्कलगायतका सामग्रीहरू हस्तान्तरण गरेको हो ।

बैंकल आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत वर्षदेखि महामारीको रूपमा फैलिँदै गएको कोरोना भाइसरको जोखिम न्यूनीकरण तथा संक्रमितको उपचारमा राहत पुगोस् भन्ने उद्देश्यका साथ नेपाल सरकार, प्रदेश सरकार तथा, स्थानीय संघसंस्थाहरलाई विभिन्न समयमा विभिन्न सहयोगहरू गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया