युनाइटेड फाइनान्सको २५औं वार्षिक साधारणसभा
काठमाडौं, माघ ३
युनाइटेड फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाइनान्सले कार्की बैंकट, बबरमहल, काठमाडौँमा कम्पनीका अध्यक्ष वसन्तकुमार चौधरीको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभामा अध्यक्ष चौधरीले प्रस्तुत गरेको कम्पनीको आव २०७५।७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण साधारणसभाबाट पारित भएको छ ।
सभाले कम्पनीको आव २०७५।७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्नुका साथै गत आवको मुनाफाबाट सेयरधनीहरूलाई सात दशमलव ५२ प्रतिशत नगद लाभाशं तथा तीन प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । सोही साधारणसभाबाट आगामी कार्यकालका लागि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रिक्त पाँच सञ्चालक पदमा वसन्तकुमार चौधरी, राहुल इन्फ्रास्ट्रक्चर प्रालि (प्रतिनिधि श्री रोशन अधिकारी) एमएडब्लु इन्टरप्राइजेज प्रालि (प्रतिनिधि विष्णुकुमार अग्रवाल), वेनी गोपाल मुन्दडा, तथा मनिषकुमार खेमकालाई आगामी चार वर्षको लागि निर्विरोध निर्वाचन गरेको छ ।
गत आव मा कम्पनीले छ अर्ब ५५ करोड निक्षेप संकलन गरी सो अवधिमा विभिन्न क्षेत्रमा छ अर्ब १४ करोड कर्जा लगानी गरी सञ्चालन मुनाफा १८ करोड पाँच लाख र खुद मुनाफा नौ करोड ९९ लाख आर्जन गरेको छ । त्यस्तै फाइनान्सले खराब कर्जा शून्य दशमलव ५७ प्रतिशत कायम राख्न सफल भएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनान्स रणनीतिक साझेदारका रूपमा भित्रिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया