Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमल्टिपर्पस फिनान्सको सेयर दाखिला बन्द हुने

मल्टिपर्पस फिनान्सको सेयर दाखिला बन्द हुने


काठमाडौं ।
मल्टिपर्पस फिनान्सको सेयर दाखिला तथा खारेजी बन्द हुनेभएको छ । उक्त संस्थाको यही जेठ २१ गते बसेको सञ्चालक समितिको तीन सय ७२औँ बैठकले यही आगामी असार छ गते २३औँ वार्षिक साधारणसभा गर्ने घोषणा गरेको छ ।

संस्थाको उक्त समयमा हुने सोही वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि यही जेठ २४ गते एक दिनको लागि सेयर दाखिला तथा खारेजी बन्द हुनलागेको हो । संस्थाले उक्त वार्षिक साधारणसभामार्फत गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया