Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको दुई अर्ब ५० करोडको ऋणपत्रको बिक्री खुला

राष्ट्रिय वाणिज्य बैंकको दुई अर्ब ५० करोडको ऋणपत्रको बिक्री खुला


काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यही जेठ २५ गते अर्थात् आज मंगलबारबाट आठ दशमलव पाँच प्रतिशत आरबिबिएल डिबेञ्चर २०८३ नामको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले छ वर्ष अवधिको वार्षिक आठ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल दुई अर्ब ५० करोड रुपैयाँ (२५ लाख कित्ता) मूल्यबराबरको ऋणपत्रको बिक्री खुला गरेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ ।

आठ दशमलव पाँच प्रतिशत आरबीबीएल डिबेञ्चर २०८३ नामको प्रतिकित्ता एक हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरूलाई बिक्री गरिने र सोका लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ‘एनआईबीएल एस क्यापिटल लिमिटेड’ र निष्काशनकर्ता कम्पनी ‘राष्ट्रिय वाणिज्य बैंक लिमिटेड’को आपसी सहमतिमा बिक्रीवितरण गरिनेछ । साथै सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिनेछ ।

छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्री खुला हुने ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम दुुई लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरू, सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयहरूमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ । बैंकको यस ऋणपत्रलाई केयर रेटिङ नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रूपमा रहेको संकेत नम्बर प्रदान गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया