Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलाइफ इन्स्योरेन्स कर्पोरेसनको बोनस सेयर सूचीकृत

लाइफ इन्स्योरेन्स कर्पोरेसनको बोनस सेयर सूचीकृत


काठमाडौं ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार कम्पनीको १० प्रतिशत अर्थात् २० लाख १० हजार कित्ता बोनस सेयर नियमित कारोबारको लागि सूचीकृत भएको हो ।

पछिल्लो पटक २४ सय २५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण ५३ अर्ब ६१ करोड ६७ लाख ५० हजार रुपैयाँ पुगेको छ । नेप्सेमा भने कम्पनीको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको दुई अर्ब २१ करोड १० लाख रुपैयाँबराबरको दुई करोड २१ लाख १० हजार कित्ता सेयर सूचीकृत रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया