Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहिला सहयात्रा लघुवित्तको विशेष सभा

महिला सहयात्रा लघुवित्तको विशेष सभा


काठमाडौं ।
महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा सम्पन्न गरेको छ । संस्थाले मंगलबार भर्चुुअल जुुम नेटवर्किङमार्फत विशेष साधारणसभा सम्पन्न गरेको हो । सभामा संस्थाका अध्यक्ष अमृतचरण श्रेष्ठले प्रतिवेदन प्रस्तुत गरेका थिए । राष्ट्रियस्तरको कार्यक्षेत्र र १४ करोेड ६४ लाख १० हजार चुक्ता पुँजी रहेको संस्थाको विशेष साधारणसभाले निलकण्ठ गाउँपालिका वडा नंं.३ धादिङबेंसीस्थित नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा समाहित हुने प्रस्ताव पारित गरेको छ ।

सभाले दुई संस्थाबीच प्राप्ति, समाहित प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति दायित्वको मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको एक सय कित्ता सेयरबापत नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.को ६८ कित्ता सेयर कायम गरी समाहित गर्न अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । यही जेठ नौ गते गाभ्ने तथा गाभिनेसम्बन्धी अन्तिम सम्झौता भई सो अन्तिम सम्झौताअनुसार महिला सहयात्रा लघुवित्त संस्थाको यस विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था पुँजी, व्यवसाय, शाखा सञ्जाल समेतका हिसाबले ठूलो तथा मजबुत लघुवित्त वित्तीय संस्था बन्नेछ । संस्थाको चुक्ता पुँजी करिब ४१ करोड, कुल निक्षेप दुई अर्ब ५० करोडभन्दा बढी र कुल कर्जा लगानी १० अर्बभन्दा बढी पुग्नेछ । त्यस्तै एक सयवटा शाखा कार्यालयहरू र पाँच सय ५० भन्दा बढी कर्मचारीहरूमार्फत करिब एक लाख ४० हजार ग्राहकहरूलाई सेवा प्रदान गर्ने एक सबल राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हुनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया