Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय खाद्य बैंकको संस्थापक सेयरको बिक्री असार मसान्तबाट बन्द हुने

राष्ट्रिय खाद्य बैंकको संस्थापक सेयरको बिक्री असार मसान्तबाट बन्द हुने


काठमाडौं ।
राष्ट्रिय खाद्य बैकले संस्थापक सेयरमा मागभन्दा बढी प्रतिबद्धता आएपछि सेयर बिक्री सेवा असार मसान्तबाट बन्द गर्नेभएको छ । दुई अर्ब लगानी गर्नेगरी स्थापना भएको बैंकले लगभग आवश्यक पुुँजीको निश्चितता भएकोले सो निर्णय गरेको जानकारी दिएको छ । जेठका बाँकी दिन र असार महिनाभरि मात्रै बैंकको प्रमोटर सेयरसदस्य बन्नसकिने बैंकका अध्यक्ष शंकर उप्रेतीले बताए ।

बैंकका अध्यक्ष उप्रेतीले भने– ‘असार मसान्तसम्म इच्छुक हुनेहरू बैंकसमक्ष आउन अनुरोध छ । सोपश्चात सेयर खरिद गर्न नपाउनुहुनेहरूले दुई वर्षपछि आईपीओ भर्न पाउनेछन् । हामी त्यही ढंगले काम गर्दै छौँ’ । ‘पोषिलो आहारका लागि दिगो कृषि’भन्ने नाराका साथ स्थापित बैंकले पोखरा, बाँके–बर्दिया र झापा–मोरङमा बृहत् कृषि परियोजना सुरु गरिसकेको छ । स्थानीय कृषकहरूको सहभागितामा ती प्रोजेक्टहरू अघि बढाइएको अध्यक्ष उप्रेतीले बताए । पहिलो चरणमा ती स्थानहरूमा स्थानीय जातका उन्नत धान रोप्ने काम भइरहेको उप्रेतीले बताए ।

झापा–मोरङमा करिब पाँच सय बिघा र बाँके–बर्दिया–कास्की जिल्लामा झण्डै चार सय बिघा जग्गा गरी झण्डै नौ सय बिघा जग्गामा खाद्य बैंकले स्थानीयहरूसहितको सहभागितामा धान रोप्ने काम अघि बढाएको र अन्य जिल्लाहरूमा पनि जग्गा लिजमा लिने कामहरू भइरहेको अध्यक्ष उप्रेतीले जनाए । कोभिड १९ को कारण बंैकको गतिविधिमा व्यापक संकुचन आएको बताउँदै अध्यक्ष उप्रेतीले भने– ‘कोरोनाको दोस्रो लहर नआएको भए हामीले करिब २३ जिल्लामा खेतीपाती गर्ने तयारी थियो । कोरोनाले लक्ष्यमा बे्रक ग¥यो’ ।

अध्यक्ष उप्रेतिका अनुसार यी परियोजनाहरू पाइलट प्रोजेक्टको रूपमा अघि बढाइनेछ । उनी भन्छन्, ‘हामी आफैँले उत्पादनको काम अघि मात्रै बढाउँदैनौँ, किसानलाई पनि आधुनिक एवं व्यवस्थित खेती प्रणालीमा समाहित गर्दै लैजान्छौं । साथै हाम्रै उत्पादन प्रणाली, मलबीउ प्रयोग गरेर गुणस्तरीय उत्पादन गर्ने कृषकहरूका सबै उत्पादनहरू यसै वर्षबाट हामी खरिद पनि गर्छौँ । ब्रान्डिङ गरेर यसै वर्षबाट त्यस्ता खाद्यवस्तु बजारमा ल्याँउछौँ’ ।

राष्ट्रिय खाद्य बैंकमा हालसम्म पाँच सय ९० प्रमोटर सेयरसदस्य छन् । आवश्यक मापदण्ड पूरा गरी बैंक छिटै सर्वसाधारणका लागि आईपीओमा जाने तयारीमा छ । कृषि उपजको उत्पादन तथा व्यापार गर्ने कम्पनीका रूपमा खाद्य बैंक स्थापना भएकोले बैंकमार्फत धान, गहुँ, मकै, तरकारी तथा फलफूलको उत्पादन तथा व्यापार गर्दै किसानसँग सहकार्य गर्दै उत्पादन बढाउने अध्यक्ष उप्रेतीले बताए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया