Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा


काठमाडौं ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गतको एक लाख ९० हजार छ सय ५० कित्ता सेयर बिक्री गर्नेभएको छ । संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य सात सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम एक कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जानकारी दिएको छ ।

साथै, विद्यमान संस्थापकहरूलाई प्राथमिकता दिई यो लिलामको सूचना प्रकाशन गरी ३५ दिनको समय दिएको हुनाले संस्थापक सेयरधनीहरूलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरिएको जानकारी गराउँदै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरू वा जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले मिति २०७८ जेठ २४ गतेदेखि मिति २०७८ असार २७ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य सिलबन्दी बोलपत्रमार्फत आवेदन पेस गर्नसकिने जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया