Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलाइफ इन्स्योरेन्स कर्पोरेसनको नाफा १५ करोड ३७ लाख

लाइफ इन्स्योरेन्स कर्पोरेसनको नाफा १५ करोड ३७ लाख


काठमाडौं ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ करोड ३७ लाख सात हजार दुई सय ६१ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको १० करोड ७६ लाख तीन हजार पाँच सय ९५ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

कम्पनीको हाल चुक्ता पुँजी दुई अर्ब २१ करोड १० लाख रुपैयाँ रहेको छ । कम्पनीको चालू आवको तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी छ रुपैयाँ ९५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने एक सय ३९ रुपैयाँ ७४ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया