Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया लघुवित्तमा सञ्चालकको पदबहाली

एनआईसी एसिया लघुवित्तमा सञ्चालकको पदबहाली


काठमाडौं ।
एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले नवनियुक्त सञ्चालकको पदबहाली गरेको छ । संस्थाको यही जेठ १३ गते बसेको एक सय १७औँ सञ्चालक समितिको बैठकबाट सस्थापक समूहबाट रिक्त सञ्चालकको पदमा दिपेश खेतान (अग्रवाल)लाई नियुक्त गरेको थियो । नवनियुक्त सञ्चालक दिपेश खेतान (अग्रवाल)ले यही जेठ २० गते संस्थाका अध्यक्ष कपिल ढकालबाट डिजिटल माध्यमबाट शपथग्रहण गरी सोही दिनबाट पदबहाल गरेको संस्थाले जानकारी दिएको छ ।

खेतान पेसाले व्यवसायी हुुन् । उनले कम्प्युटर इन्जिनियरिङ विषयमा स्नातक तथा व्यवसाय र उद्यमी विषयमा स्नाकोत्तर हासिल गरी करिब पाँच वर्षको लघुवित्त वित्तीय संस्थाको सञ्चालकको कार्यअनुभव रहनुका साथै निजी व्यवसायहरूको सञ्चालकको कार्य समेत गर्दै आएका छन् । सञ्चालक समितिका अध्यक्ष ढकालले उच्चतम व्यावसायिक अभ्यास अनुभवप्राप्त व्यक्तिलाई संस्थाको सञ्चालकका रूपमा स्वागत गरिएको जानकारी दिए । साथै उनको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गर्न सहयोग पुग्ने संस्थाको विश्वास रहेको समेत जानकारी दिए ।

कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०७७ फागुुन २३ गतेको निर्णयअनुसार साबिक स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभ्ने तथा गाभिने (मर्जर) कार्य सफलतापूर्वक सम्पन्न गरेको सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडा नं. ९ केन्द्रीय कार्यालय रहेकोएनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको ‘घ’ वर्गको इजाजतपत्र प्राप्त संस्था हो ।

संस्थाले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाण विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्था मुलुकभर ६९ जिल्लामा २४७ शाखा कार्यालय सेवा प्रदान गर्दे आइरहेको छ ।

संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानीय तहहरूलाई प्राथमिकतामा राखिएको छ । यस त्रैमासको अन्त्यसम्ममा वित्तीय संस्थाले कुल एक लाख ३५ हजार एक सय ९७ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ ।

राष्ट्रियस्तरको अग्रणी लघुवित्त संस्थाको रूपमा छोटो अवधिमै आफूलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमूलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखी वित्तीय सेवाको पहुँच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने नीति तय गरी अघि बढिरहेको छ ।

यसका साथै यस वित्तीय संस्थाले पछिल्लो समयमा अग्निपीडित परिवारहरूलाई खाद्यान्य तथा सामग्री सहयोग, शीतलहरबाट पीडित परिवारलाई लत्ताकपडा सहयोग, वृद्धाआश्रमलाई नगद सहयोग लगायतका विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरू गरी सामाजिक कार्यहरूमा समेत आफूलाई स्थापित गर्दै आएको छ ।

आर्थिक वर्ष २०७६–०७७ मा यस वित्तीय संस्थाले आन्तरिक राजस्व विभागलाई सात करोड ४० लाख नौ हजार दुई सय ७५ रुपैयाँ आयकर भुक्तनी गरी नेपाल सरकारको कर संकलन लक्ष्यलाई समेत थप टेवा पु-याएको छ ।

साथीसँगै सबल बन्दै भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यसको नामबाट देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र देशकै एक ठूलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रूपमा स्थापित हुने लक्ष्यलिएको जानकारी दिएको छ ।

त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दे आएको एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशीकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोकजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरूमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको र आगामी दिनहरूमा पनि सोहीअनुरूप कार्य गर्नेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया