Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकको ऋण अटोमेसन प्रणाली सञ्चालन

मेगा बैंकको ऋण अटोमेसन प्रणाली सञ्चालन


काठमाडौं ।
मेगा बैंक लिमिटेडले एसबी सल्युसन प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्क फ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । बैंकका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष विपुल ढकालले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका हुुन् ।

क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली)को थालनीसँगै बैंकहरूले पूर्णरूपमा कागज निर्भर ऋणकार्य प्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणालीभित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पु-याउनेछ ।

यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मदत गर्दछ । प्रणालीले जमानत र गैरजमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ । ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गत रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले सञ्चालित ग्राहकको उद्देश्य मूल्यांकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रूपमा पनि रहेको छ ।

यस नयाँ प्रणाली कार्यान्वयन भए साथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । थप रूपमा, बैंकले एसबी सल्युसनले निर्माण गरेको अनलाइन ऋण योग्यता सेवा पनि सुचारु गर्दै छ, जसले ग्राहकहरूलाई अनलाइन ऋण योग्यता जाँच गर्न र बैंकले प्रस्ताव गरेको अनलाइन पोर्टलमार्फत कुनै पनि ऋण प्रडक्टको लागि आवेदन दिन सहयोग पु-याउँछ ।

मेगा बैंक नेपाल, राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त संस्था हो । यस संस्थाले एक मजबुत र भरपर्दो बैंकको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ । मेगाले हालै नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘ख’ वर्गको गण्डकी विकास बैंक लिमिटेडलाई आफ्नो संस्थामा गाभेको छ । मेगा लिमिटेडको लगभग आठ लाखभन्दा बढी ग्राहक रहेका छन्् र देशभरि एक सय ८० भन्दा बढी शाखाहरू रहेका छन् ।

एसबी सल्युसन प्रालिले हालसालै डीजी हब प्रालिसँग पनि आफ्नो संस्था गाभेको छ । डीजी हब प्रालि गैरआवासीय नेपाली समूहद्वारा पदोन्नति गरिएको संस्था हो र यसले वान लिंक, क्रेडिट एक्सजस्ता विस्तृत प्रडक्ट तथा प्रक्रियालाई डिजिटलाइजेसन तथा अटोमेसन गर्ने र विभिन्न बैकिङ प्रणालीलाई सहज बनाउने सिस्टमहरूको विकास गरिरहेको छ ।

डीजी हबले फिन्टेक र लेन्डिङ डिजिटाइजेनको कामसँगै क्रेडिट–एक्स, अनलाइन ऋण योग्यता, इन्स्टा ऋण, पेडे ऋण, अनलाइन खाता खोल्ने, कागजात व्यवस्थापन प्रणाली, बिक्रेता व्यवस्थापन प्रणाली, कर्पोरेट बैंकिङ प्रणालीमा क्रेडिट र ग्यारेन्टीहरू स्वचालित गर्न, मेमो व्यवस्थापन प्रणाली, बजेट प्रबन्धन प्रणाली र मोबाइल एपजस्ता प्रडक्टहरू दिइरहेको छ । हाल थप ४० भन्दा बढी वित्तीय संस्थान र कर्पोरेट संस्थाले एसबी सल्युसन प्रालि तथा डीजी हब प्रालिले निर्माण गरेको प्रणाली प्रयोग गरिरहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया