Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२९ सय ४४ अंकमा रोकियो सेयर बजार

२९ सय ४४ अंकमा रोकियो सेयर बजार


काठमाडौं ।
सेयर बजार परिसुचक पुुन ओरालो लागेको छ । अघिल्लो दिन १३ अंकले ओरालो लागेको बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि एक दसमलव आठ अंकले ओरालो लागेर २९ सय ४४ दसमलव ७८ अंकमा पुुगेर रोकिएको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज दुुई दमसलव ५९ अंकले उकालो लागेर पाँच सय २७ दसमलव ८७ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २० वटा कम्पनीहरुको सेयर कारोवार भएको छ । जसबाट एक लाख ५५ हजार छ सय ९० पटकको कारोवारमा तीन करोड छ लाख छ हजार छ सय ४४ कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज १६ अर्ब १० करोड चार लाख १२ हजार चार सय ३६ रुपैयाँको सेयर कारोवार भएको छ ।

यसदिन कारोवार भएका कुुल उपसमुह मध्ये सात वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने छ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, निर्जिवन बीमा, उत्पादनमुलक, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन र अन्य समुहको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, जलबिद्युुत, फाईनान्स, लघुबित्त, उत्पादनमुलक र लगानी उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया