Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वरोजार लघुवित्त वित्तीय संस्थाले कमायो ११ करोड २६ लाख रुपैयाँ खुद मुनाफा

स्वरोजार लघुवित्त वित्तीय संस्थाले कमायो ११ करोड २६ लाख रुपैयाँ खुद मुनाफा


काठमाडौं ।
स्वरोजगार लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ करोड २६ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले पाँच करोड ८७ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

चुक्ता पुँजी ४१ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब ४१ करोड ८१ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २१ करोड ७१ लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २३ करोड सात लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ७५ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ६७ करोड ७४ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३५ करोड ४३ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १६ करोड ७७ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ६३ लाख १३ हजार रुपैयाँ रहेको संस्थाको एक दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया