Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकले तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने

एनआईसी एसिया बैंकले तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने


काठमाडौं ।
एनआईसी एसिया बैंकले तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकका अनुसार प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागिएको हो ।

निष्काशन गरिने कुल ऋणपत्रमध्ये एक अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता सर्वसाधारणको लागि बाँकी एक अर्ब ८० करोड रुपैयाँबराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जानकारी दिएको छ । एनआईसी एसिया ऋणपत्र २०८८’ नाम दिएको यो ऋणपत्रको अवधि १० वर्षको रहेको छ भने ब्याजदर आठ दशमलव पाँच प्रतिशत तोकिएको छ ।

सनराइज क्यापिटलमार्फत यही असार छ गतेबाट खुला हुुने ऋणपत्रको बिक्री कार्य छिटोमा यही असार नौ गते र ढिलोमा यही असार २० गते बन्द हुुनेछ । बैंकका अनुसार खरिदकर्जाहरूले न्यूनतम १० देखि अधिकतम १५ लाख कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया