Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता


काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रमा लगानीकर्ताहरूको उल्लेख्य सफलता देखिएको छ । बैंकका अनुसार यही जेठ २५ गते निष्काशन तथा बिक्री खुला गरिएको प्रति ऋणपत्र एक हजार अंकित दरको २५ लाख कित्ताले हुन आउने दुई अर्ब ५० करोडको ८ दशमलव ५ प्र्रतिशत आरबीबीएल डिबेन्चर २०८३ ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता देखिएको हो । सोही कारण छोटो समयमै मागभन्दा बढी रकमको लागि आवेदन प्राप्त भएको छ । निष्काशन गरिएको उक्त ऋणपत्र जेठ २८ गते बन्द भएको हो ।

लगानीकर्ताहरूको महत्वपूर्ण सहभागिता एवं अपार विश्वास देखाएकोमा सम्पूर्ण लगानीकर्ताप्रति हार्दिक आभार व्यक्त गर्दे प्राप्त निरन्तर सहयोग र सद्भावले बैंकलाई अझ बढी नवीनतम र उत्कृष्ट सेवा प्रदान गर्न थप अभिप्रेरित गरेको विश्वास बैंकको रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया