Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन लाइफद्वारा दुई दिनमै मृत्युदाबी रकम हस्तान्तरण

सिटिजन लाइफद्वारा दुई दिनमै मृत्युदाबी रकम हस्तान्तरण


काठमाडौं ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनअघि मात्र ‘डिजिटल सिटिजन’ अभियानअन्तर्गत अनलाइन बीमा दाबी सेवाको शुभारम्भ गरेको थियो । हालको असहज परिस्थिति एवं आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन थालिएको यस अभियान कम्पनीका सेवाग्राहीले निकै रुचाएका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी टीकापुर शाखाबाट बीमा गरेकी टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ९ बस्ने श्रीमति शोभाकुमारी बमको हालसालै कोरोनाको कारण टीकापुर अस्पतालमा मृत्यु भएको थियो । बीमितका अभिकर्ताले अनलाइनबाटै दाबी प्रक्रिया अगाडि बढाएका थिएर सोअनुसारको दाबी रकम दाबीकर्तालाई कम्पनीले दुई कार्यदिनमै प्रदान गरेको छ ।

लकडाउनको समयमा उनका श्रीमान ध्रुब खत्रीलाई सिटीजन लाइफ इन्स्योरेन्समा गरेको जीवन वीमाको दाबी फछ्र्योट भरपाइमा हस्ताक्षर गराउन घरसम्म पुगेका क्षेत्रीय शाखा प्रमुख केशवराज गिरीले उल्लिखित लाभ रकम १० लाख, बोनस रकम ३५ हजार तथा काजकिरिया खर्चबापत ५० हजार रुपैयाँसम्म गरी १० लाख ८५ हजारको रकम दाबीकर्ता ध्रुब खत्रीको बैंक खातामा अनलाइनमार्फत जम्मा गरिएको र सोको निस्सा दाबीकर्तालाई हस्तान्तरण गरेको जानकारी गराए । बीमितले एक किस्ताबराबरको ७८ हजार सात सय ९७ रकम जम्मा गरेका थिए । रकम बीमितको खातामा जम्मा भइसकेको कुरा बीमितका श्रीमान धु्रबराज खत्रीले जानकारी गराए ।

कम्पनीले परिवारका सदस्यलाई बीमाबापतको रकम हस्तान्तरण गरेपश्चात् सो रकमले परिवारका आश्रित सदस्यहरूको स्तरीय जीवनयापनका साथै सन्ततिको उच्च शिक्षा एवं अन्य काम गर्न सहयोगी हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उल्लेख गरेका छन् । उनले सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहन गर्नसक्ने रहेकाले बीमासम्बन्धी चेतना बढाउनुपर्नेमा जोड दिए । उनले बीमित, अभिकर्तालगायत अन्य सरोकारवालाहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको र सोलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताए । साथ साथै कोरोना भाइरसले गर्दा निम्तिएको यस विषम परिस्थितिमा सबैलाई सावधान र सुरक्षित रहन सुझाव दिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया