Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकद्वारा नागरिक केयर सेन्टरलाई रकम सहयोग

एभरेष्ट बैंकद्वारा नागरिक केयर सेन्टरलाई रकम सहयोग


काठमाडौं ।
एभरेष्ट बैंकले नागरिक केयर सेन्टरलाई सहयोग गरेको छ । बैंकका अनुसार नागरिक केयर सेन्टर, विराटनगरलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत पाँच लाख रुपैयाँ रकम सहयोग गरिएको हो ।

कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई एभरेष्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअनुरूप उक्त रकम सहयोग स्वरूप उपलब्ध गराएको जानकारी बैंकका क्षेत्रीय प्रबन्धक पूर्णबहादुर श्रेष्ठले दिएका छन् । श्रेष्ठका अनुसार नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेशकुमार जाजूमार्फत चेक हस्तान्तरण गरिएको हो ।

चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष एवं कोषाध्यक्ष महेशकुमार जाजू, सदस्य नवीन रिजालज्यू, मोरङ व्यापार संघका कार्यकारी प्रमुख कृष्ण रेग्मी तथा एभरेष्ट बैंक लि., प्रदेश नं. १ का क्षेत्रीय प्रबन्धक पूर्णबहादुर श्रेष्ठ, विराटनगर शाखा प्रबन्धक साजन केसी र क्षेत्रीय कार्यालयका रमेश भण्डारीको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया