Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ इन्स्योरेन्सको १९औँ वार्षिक साधारणसभा

सिद्धार्थ इन्स्योरेन्सको १९औँ वार्षिक साधारणसभा


काठमाडौं ।
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले शुुक्रबार भर्चुअल माध्यमबाट आफ्नो १९औँं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका छन् । कम्पनीले आर्थिक वर्ष २०७६–०७७ मा विभिन्न बीमा व्यवसायअन्तर्गत एक अर्व ९६ करोड ३९ लाख बीमाशुल्क आर्जन गरेकोे थियो भने यस आवको साधारणसभा भएको दिनसम्म दुई अर्ब एक करोडभन्दा बढी बीमा शुल्क आर्जन गरिसकेको जानकारी दिएको छ ।

उक्त बीमाशुल्क संकलन गत आवको सोही समयको तुलनामा १६ दशमलव सात बढी रहेको छ । सभाले हाल कायम रहेको चुक्ता पुँजी एक अर्बको १२ प्रतिशत बोनस सेयर जारी गर्ने तथा तीन दशमलव ७८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा भने १७ करोड ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १६ करोड तीन लाख ३६ हजार रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने दुई सय ३८ रुपैयाँ ४१ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया