Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एग्रो लघुवित्तद्वारा विशेष साधारणसभा आह्वान

नेपाल एग्रो लघुवित्तद्वारा विशेष साधारणसभा आह्वान


काठमाडौं ।
नेपाल एग्रो लघुुवित्त वित्तीय संंस्थाले विशेष साधारणसभा आह्वान गरेको छ । संस्थाले यही असार २१ गते काठमाडौँको न्यूरोडस्थित सिटीस्क्वेर प्रालिमा विशेष साधारणसभा गर्न लागेको हो ।

उक्त सभाले संस्थाको हाल कायम रहेको चुक्ता पुँजी पाँच करोड ७२ लाख ४४ हजार चार सय ७० रुपैयाँमध्येबाट १४ प्रतिशतको अनुपातमा ८० लाख १४ हजार दुई सय २६ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

बोनस सेयर वितरणपश्चात् संस्थाको चुक्ता पुँजी छ करोड ५२ लाख ५८ हजार छ सय ९६ रुपैयाँ पुग्नेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि संस्थाको यही असार आठ गतेदेखि असार २१ गतेसम्म सेयर दाखिला तथा खारेजी बन्द हुनेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया