Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्फिनिटी लघुवित्तद्वारा विशेष सभाको आह्वान

इन्फिनिटी लघुवित्तद्वारा विशेष सभाको आह्वान


काठमाडौं ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही असार २१ गते संस्थाको केन्द्रीय कार्यालय नवलपुरमा विशेष सभाको आह्वान गरेको हो । सभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने  प्रस्ताव पारित गर्ने तयारी गरेको छ । विशेष साधारणसभासम्बन्धी प्रयोजनको लागि संस्थाको यही असार आठ गते एक दिनको लागि सेयर दाखिला तथा खारेजी बन्द हुनेछ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० करोड ४७ लाख २७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ६५ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २६ करोड छ लाख ५० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ८६ करोड १८ लाख ५१ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २८ करोड तीन लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह छ । सो अवधिमा १९ करोड २८ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ८४ लाख ४९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव शून्य दुई प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ६४ करोड ३१ लाख दुई हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९४ करोड ३७ लाख ६६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड ३५ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ६६ लाख ७६ हजार रुपैयाँ रहेको थियो निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ६९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया