Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजीवन विकास लघुवित्तको साधारण सेयर स्वीकृत

जीवन विकास लघुवित्तको साधारण सेयर स्वीकृत


काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले जीवन विकास लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर निष्काशन गर्नको लागि अनुुमति दिएको छ । बोर्डका अनुसार उक्त संस्थालाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको १९ लाख ७७ हजार तीन सय कित्ता साधारण सेयर निष्काशन गर्नको लागि अनुुमति दिइएको हो ।

बोर्डका अनुसार उक्त संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । यही जेठ ३१ गते साधारण सेयर निष्काशन गर्न स्वीकृति पाएको संस्थाले छिट्टै नै सर्वसाधारणको लागि सेयर बिक्रीको आह्वान गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया