Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनियन लाइफद्वारा ६४ करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयरको लागि आवेदन

युनियन लाइफद्वारा ६४ करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयरको लागि आवेदन


काठमाडौं ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनीले ६४ करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन माग गर्दै आवेदन दिएको छ ।

कम्पनीका अनुसार एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ६४ लाख ५० हजार कित्ताबराबरको साधारण सेयर जारी गर्नको लागि अनुमति माग गर्दै आवेदन दिइएको हो ।

कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा भने प्रभु क्यापिटल लिमिटेड रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी दुई अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया