Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया क्यापिटलले म्युचअल फण्ड जारी गर्ने

एनआईसी एसिया क्यापिटलले म्युचअल फण्ड जारी गर्ने


काठमाडौं ।
एनआईसी एसिया क्यापिटल लिमिटेडले म्युुचअल फण्ड जारी गर्नेभएको छ । कम्पनीले यही असार १० गतेबाट प्रतियुनिट १० रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक अर्ब रुपैयाँबराबरको १० करोड एकाइ एनआईसी एसिया सेलेक्ट ३० (इन्डेक्स फण्ड) निष्काशन गर्न लागेको हो ।

कम्पनीका अनुसार फण्ड खरिदको लागि यही असार १० गतेबाट आवेदन दिन सकिनेछ । फण्डको बिक्री अवधि छिटोमा यही असार १४ गते र ढिलोमा यही असार २४ गते बिक्री बन्द हुनेछ । खरिदकर्ताहरूले न्यूनतम एक सयदेखि अधिकतम एक करोड युनिटसम्म फण्ड खरिद गर्न सक्नेछन् । फण्डको परिपक्व हुने अवधि सात वर्ष तोकिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया