Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारराष्ट्रिय वाणिज्य बैंकद्वारा सगरमाथा आरोहण दललाई आर्थिक सहयोग

राष्ट्रिय वाणिज्य बैंकद्वारा सगरमाथा आरोहण दललाई आर्थिक सहयोग


काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सगरमाथा आरोहण दललाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रकति जोगाऔं, जलवायु परिवर्तन न्यूनीकरण गरौँ भन्ने मूल नाराका साथ प्रकृति जोगाऔँ महाअभियानअन्तर्गत सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एण्ड सन्स क्याम्पेनलाई सहयोग पुग्नेगरी चेक हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले तीन लाख रुपैयाँबराबरको चेक आरोहण दललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई मंगलबार हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा गत मे २३ का दिन सगरमाथाको चुचुरोमा फहराइएको राष्ट्रिय वाणिज्य बैंकको झण्डाको तस्बिर बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई सगरमाथा आरोहीहरूले हस्तान्तरण गरेका थिए । फादर एण्ड सन्स क्याम्पेनले प्रकृति जोगाऔँ महाअभियानअन्तर्गत सात माहदेश र पाँच समुद्रको सफाइ विश्वकै पहिलो पटक गर्ने बताएको छ ।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले रा.वा. बैंकको झण्डा सगरमाथाको चुचुरोमा फहराएकोमा आरोहीदललाई धन्यवादज्ञापन गर्दै, कीर्तिमान कायम गर्ने मात्र नभएर वातावरण संरक्षण गर्ने विश्व अभियानलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । सगरमाथा हिमाल आरोही पूर्णकुमार शेर्पाले गत मे २३ का दिन बाबुछोराले सगरमाथाको सफल आरोहण गरी अभियान सुरु गरेको बताए ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, समरमाथा आरोही सोनाम शेर्पा, संयोजक राज बराइलीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख सरोज बस्नेतले सञ्चालन गरेका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतद्वय देवेश प्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरू, कम्पनी सचिवलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया