Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार५२ अंकले ओरालो लाग्दा १५ अर्ब ४८ करोडको सेयर खरिद बिक्री

५२ अंकले ओरालो लाग्दा १५ अर्ब ४८ करोडको सेयर खरिद बिक्री


काठमाडौं ।
साताको चौथो कारोवार दिन आज बुधबारको सेयर बजारमा गिरावट आएको छ । अघिल्ला दिनहरुको तुलनामा आज सेयर बजार परिसुचक एवं कारोवार रकम दुबैमा नै उच्च अंकले गिरावट आएको हो ।

आज बजार परिसुचक ५२ दसमलव ४१ अंकले ओरालो लागेर दुई हजार नौ सय ६९ दसमलव ६९ अंकमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव ५६ अंकले ओरालो लागेर पाँच सय ४१ दसमलव ७० अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १९ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख ६७ हजार नौ सय ३८ पटकको कारोवारमा दुई करोड ८२ लाख ८९ हजार एक सय २८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा यसदिन कुल कारोवार रकम १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार तीन सय १९ रुपैयाँ पुगेको छ ।

आज कारोवार भएका कुल उपसमुहरु मध्ये लघुबित्त उपसमुहको सुचक बढेर बाँकी उपसमुहहरुको उच्च अंकले ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी उपसमुहको सुचकहरु ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया