Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्फिनिटी लघुवित्तले नेपाल एग्रोलाई प्राप्ति गर्ने

इन्फिनिटी लघुवित्तले नेपाल एग्रोलाई प्राप्ति गर्ने


काठमाडौं ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । प्राप्तिसम्बन्धी प्रक्रियाको लागि इन्फिनिटीले यही असार २१ गते गते विशेष साधारणसभाको आह्वान गरेको छ भने नेपाल एग्रोले पनि सोही मितिमा पाँचौँ वार्षिक साधारणसभाको आह्वान गरेको छ ।

नेपाल एग्रोले विशेष सभामार्फत प्राप्तिसम्बन्धी प्रक्रियाको लागि नेपाल एग्रोको एक सय कित्ता सेयर बराबर इन्फिनिटी लघुवित्तको ९८ कित्ता सेयर हुनेगरी स्वाप रेसियो कायम गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । हाल चुक्ता पुँजी पाँच करोड ७२ लाख ४४ हजार चार सय ७० रुपैयाँ रहेको नेपाल एग्रोले गत आवको खुद मुनाफा समेत जोडेर १४ प्रतिशत अर्थात् ८० लाख १४ हजार दुई सय २६ रुपैयाँबराबरको बोनस सेयर दिएपश्चात् उक्त संस्थाको चुक्ता पुँजी छ करोड ५२ लाख ५८ हजार छ सय ९६ रुपैयाँ पुग्नेछ ।

यसैगरी इन्फिनिटी लघुवित्तको भने हाल चुक्ता पुँजी २६ करोड छ लाख ४९ हजार नौ सय ५० रुपैयाँ रहेको छ । नेपाल एग्रोलाई प्राप्ति गरेपछि बन्ने एकीकृत संस्थाको चुक्ता पुँजी ३२ करोड ५९ लाख आठ हजार छ सय ४६ रुपैयाँ पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया