Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारीमा खड्का

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारीमा खड्का


काठमाडौं ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदमा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीका अनुसार यही जेठ ३१ गते बसेको सञ्चालक समितिको दुई सय ९३औँ बैठकले खड्कालाई प्रमुख कार्यकारीमा नियुक्त गरेको हो ।

कम्पनीका अनुसार नवनियुक्त प्रमुख कार्यकारी अधिेकृत खड्काको चारवर्षे कार्यकाल यही असार एक गतेबाट सुरु भएको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २९ करोड १० लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १८ करोड ६७ लाख आठ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी दुई अर्ब २६ करोड २८ लाख ९४ हजार रुपैंयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १५ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३० रुपैयाँ ९७ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया