Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकद्वारा नागरिक केयर सेन्टरलाई तीन लाख रुपैयाँ सहयोग

माछापुच्छ्रे बैंकद्वारा नागरिक केयर सेन्टरलाई तीन लाख रुपैयाँ सहयोग


काठमाडौं ।
माछापुच्छ्रे बैैंकले नागरिक केयर सेन्टरलाई तीन लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मंगलबार नागरिक केयर सेन्टर, विराटनगरलाई उक्त रकम सहयोग गरिएको हो ।

कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई संस्थागत सामाजिक उत्तरदायित्वअनुरूप उक्त रकम सहयोग स्वरूप उपलब्ध गराएको जानकारी माछापुच्छ्रे बैंक, विराटनगर शाखाका प्रबन्धक चन्दन पोख्रेल र प्रतिनिधि रूपेश थापाले दिँदै सो राशिबराबरको चेक नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार सारडालाई हस्तान्तरण गरेको बैैंकले जानकारी दिएको छ ।

बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब २९ करोड छ लाख २९ हजार छ सय ६८ रुपैयाँ खुद मुुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब १६ करोड ६८ लाख ५५ हजार पाँच सय ५३ रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी नौ अर्ब पाँच करोड ३० लाख ९४ हजार पाँच सय ८१ रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब २५ अर्ब ४९ करोड ८३ लाख ११ हजार छ सय ७६ रुपैयाँ निक्षेप संक्लन गरी एक खर्ब १२ अर्ब ५७ करोड ४९ लाख ९६ हजार एक सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब १६ करोड ३१ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैैंकमा शून्य दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । उक्त अवधिमा चार दशमलव चार प्रतिशतको स्प्रेड दर कायम रहेको बैंकको वितरणयोग्य नाफा भने ८४ करोड ६९ लाख नौ हजार रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब चार अर्ब नौ करोड ८८ लाख ९९ हजार आठ सय ६६ रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ५२ करोड ९२ लाख २६ हजार पाँच सय ३२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब तीन करोड ८९ लाख नौ हजार पाँच सय २८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ४१ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया