Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक २९ सय ६८ अंकमा

सेयर बजार परिसुचक २९ सय ६८ अंकमा


काठमाडौं ।
साताको अन्तिम कारोवार दिन बिहिबार पनि सेयर बजार ओरालो लागेको छ । आज बजार परिसुचक एक दसमलव २९ अंकले ओरालो लागेर २९ सय ६८ दसमलव ४३ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ५८ अंकले ओरालो लागेर पाँच सय ४१ दसमलव १२ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख २४ हजार पाँच सय ६१ पटकको कारोवारमा दुुई करोड तीन लाख ६५ हजार छ सय ९९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुुल कारोवार रकम १० अर्ब ९० करोड ४९ लाख ५८ हजार नौ सय ३५ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कुुल १३ वटा उपसमुहको कारोवार भएका छन् । जसमध्ये सात वटा उपसमुहको सुचक ओरालो लागेका छन् भने छ वटा उपसमुहको सुचक उकालो लागेका छन् । सो मध्ये बाँणिज्य बैंक, जलबिद्युुत, टे«डिङ, लघुुबित्त, उत्पादनमुलक, सामुुहिक लगानी कोष र लगानी समुहको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पयर्टन, फाईनान्स र अन्य समुहको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया