Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसूर्या लाइफद्वारा सेयर रूपान्तरण

सूर्या लाइफद्वारा सेयर रूपान्तरण


काठमाडौं ।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सेयर रूपान्तरण गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार कम्पनीले साताको अन्तिम कारोबार दिन आज बिहीबार २२ लाख ६२ हजार आठ सय ९४ दशमलव पाँच कित्ता संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गरेको छ । सेयर रूपान्तरणपश्चात् कम्पनीमा संस्थापक तथा साधारण सेयरधनी समूहको अनुपात ६०ः४० प्रतिशत पुगेको छ ।

पछिल्लो पटक प्रतिकित्ता नौ सय ९९ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएकोे कम्पनीको बजार पुँजीकरण भने २२ अर्ब ६० करोड ६३ लाख १५ हजार ५६ रुपैयाँ पुगेको छ । नेप्सेमा भने कम्पनीको एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको दुई अर्ब २६ करोड २८ लाख ९४ हजार चार सय रुपैयाँबराबरको दुई करोड २६ लाख २८ हजार नौ सय ४४ कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया