Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशिखर इन्स्योरेन्सद्वारा संस्थापक सेयर रूपान्तरण

शिखर इन्स्योरेन्सद्वारा संस्थापक सेयर रूपान्तरण


काठमाडौं ।
शिखर इन्स्योरेन्स कम्पनीले बढी अनुपातमा रहेको संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले दिएको जानकारीअनुसार कम्पनीले संस्थापक तथा साधारण सेयरधनी समूहबीचको अनुपात ५१ः४९ कायम गर्नको लागि १५ लाख ८२ हजार छ सय ७१ कित्ता संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गरेको हो ।

पछिल्लो पटक २१ सय ६१ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण भने ३८ अर्ब १७ लाख तीन हजार छ सय ४० रुपैयाँ पुगेको छ । नेप्सेमा भने कम्पनीको एक सय रुपैयाँ अंंकित मूल्य कायम रहेको एक अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँबराबरको एक करोड ७५ लाख ८५ हजार दुई सय ४० कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया