Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक तथा वित्तीय संस्था परिसंघ नेपालद्वारा बोर्डको पछिल्लो कार्यप्रति ध्यानाकर्षण भएको जानकारी

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालद्वारा बोर्डको पछिल्लो कार्यप्रति ध्यानाकर्षण भएको जानकारी


काठमाडौं ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) द्वारा बोर्डको पछिल्लो कार्यप्रति ध्यानाकर्षण भएको जानकारी दिएको छ । सिविफिनले नेपाल धितोपत्र बोर्डद्वारा यही असार १ गते प्रेस विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थासहित ५१ सूचीकृत कम्पनीहरूको बारेमा नामसहित प्रकासित गरेको धारणाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

व्यक्ति एवं समूहबाट बजारमा गराइने होहल्ला र अस्वाभाविक चलखेलको नियन्त्रणसँगै सूचीकृत संस्थाहरूको कामकारबाहीको बृहत् अध्ययन, अनुगमन र मूल्यांकन गरी प्रचलित नियमानुसार कार्य नगरेको र संस्थागत सुशासन कायम नगरेको प्रमाणित भएमा आन्तरिकरूपमा सचेत गराउनु वा कारबाही गर्नु बोर्डको दायित्व र जिम्मेवारी ठहर्छ ।

सम्बन्धित संस्थाहरूको आर्थिक विष्लेषण गरी लगानीसम्बन्धी सूचनामूलक जानकारी उपलब्ध गराउनुका साथै समय–समयमा आम लगानीकर्ताहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गर्नुपर्दछ । साथै, संस्थागत पहिचान र प्रतिष्ठामाथि आँच नपुग्ने र लाखौँ लगानीकर्ताहरूमा मनोवैज्ञानिक त्रास उत्पन्न नहुने गरी बोर्डले कामकारबाही अगाडि बढाउँदा समग्र लगानीकर्ताहरूको हित हुुने विज्ञप्तिमा उल्लेख छ ।

नेपाल धितोपत्र बोर्ड सम्बन्धित लगानीकर्ताहरूको अभिभावकीय संस्था र सूचीकृत संस्थाहरूको नियामक निकाय हो । तसर्थ, धितोपत्र बजारको बृहत्तर सुधार, विकास एवं विस्तारका लागि सम्बधित सबै सरोकारवाला संस्था र सम्बन्धित पक्षहरूलाई साथ लिँदै बोर्डले अग्रगामी पाइला चाल्दै जानेछ भन्ने सिविफिनले हार्दिक अपेक्षा समेत व्यक्त सिविफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया