Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकास बैंक र केसीएल अस्टयुट क्यापिटलबीच सम्झौता

गरिमा विकास बैंक र केसीएल अस्टयुट क्यापिटलबीच सम्झौता


काठमाडौं ।
गरिमा विकास बैंक लिमिटेड र केसीएल अस्टयुट क्यापिटल लिमिटेडबीच सेयर स्वामित्व खरिद गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा सोसम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र क्यापिटलको तर्फबाट अध्यक्ष दिपक पाण्डेयले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापश्चात् केसीएल अस्टयुट क्यापिटल लिमिटेडमा गरिमा विकास बैंक लिमिटेडको ५१ दशमलव २० प्रतिशत सेयर स्वामित्व कायम भई केसीएल अस्टयुट क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा स्थापित हुनेछ ।

गरिमाको सेयर लगानी गरेपश्चात् केसीएल अस्टयुट क्यापिटल लिमिटेडको नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड कायम गर्ने समेत सहमति भएको गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्टयुट क्यापिटल लिमिटेडका अध्यक्ष दिपक पाण्डेयद्वारा सयुक्त हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया