Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेशनल लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानी

नेशनल लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भुक्तानी


काठमाडौं ।
नेशनल लाइफ इन्स्योरेन्सले सहजरूपमा अर्थात् पाँच दिनमै मृत्युदाबी भुक्तानी दिएको छ । कम्पनीका अनुसार पाँच दिनभित्रै स्वर्गीय सुकुना गुरुङका परिवारलाई ५३ लाख ३० हजार रुपैयाँबराबरको मृत्युदाबी भुक्तानी दिइएको हो ।

गुरुङको गत २०२१ मे २८ मा कोरोनाको कारणबाट मृत्यु भएको हो । स्वर्गीय सुकुना गुरुङले सन २०१९ जुन तीन मा ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभसहितको १० वर्षे अमृत जीवन बीमालेख खरिद गरेकी थिइन् ।

यससँगै, इन्स्योरेन्सका वित्त विभाग प्रमुख प्रज्वल सायमीले स्वर्गीय गुरुङको इच्छाइएको व्यक्ति निजको छोरा बिजेन्द्र गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । त्यस्तै, उक्त दाबी आवश्यक कागजात प्राप्त भएको पाँच दिनभित्र नै दाबी फर्छ्र्यौट गरिएको दाबी विभागका प्रमुख नविन श्रेष्ठले जानकारी दिएका छन् ।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३२ करोड २५ लाख ७० हजार सात सय २९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा ३१ करोड ५६ लाख २१ हजार तीन सय ४९ रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी तीन अर्ब ३९ करोड आठ लाख ८९ हजार दुुई सय तीन रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिक अवधिमा प्रति सेयर आम्दानी १२ रुपैयाँ ६८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने एक सय ३२ रुपैयाँ एक पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया